
हिमालयन लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ । संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी ३४ करोड १० लाख ८६ हजार ३५.८४ रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
जसमा ४.७५ प्रतिशतले हुन आउने १ करोड ६२ लाख १ हजार ५८६.७० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने ८ लाख ५२ हजार ७१५.०९ रुपैयाँबराबरको नगद लाभांश छन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।


