
सुनचाँदीको मूल्यमा उच्च गिरावट, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलाको ८ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य १७५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १७५ रुपैयाँले घटेर तोलाको ३ हजार ६५० रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी तोलाको ३ हजार ८२५ रुपैयाँ रहेको थियो ।


