
सेयर बजारमा १ प्रतिशत माथिको वृद्धि, कारोबार ७ अर्ब ४५ करोड माथि
काठमाडौं । बुधबार सेयर उच्च अंकले वृद्धि भएर बन्द भएको छ । अघिल्लो दिन सामान्य बढेको बजार आज भने उच्च अंकले बढेर बन्द भएको हो ।
आज सेयर बजारमा परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.२६ प्रतिशतले बढी हो । आज सेयर बजारमा २४१ कम्पनीको सेयर मूल्य घटेको छ भने ३५ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ६.३२ अंकले बढेर ४८१.७९ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटा उपसूचकमध्ये १२ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने १ वटाको घटेको छ । परिसूचक बढेको दिन कारोबार रकम पनि बढेको छ । आज सेयर बजारमा करिब साढे ७ अर्बको कारोबार भएको छ । नेप्सेमा आज ३४८ कम्पनीका १ करोड ९३ लाख ९७ हजार ५४८ कित्ता सेयर ६३ हजार ७४४ पटक खरिद बिक्री हुँदा ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।


