
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार उच्च अंकले घटेको सुनचाँदीको मूल्य आज बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ हजार रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँ पुगेको छ । आइतबार सुनको मूल्य तोलाको २ लाख ७८ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ९५५ रुपैयाँ रहेको थियो ।


