
किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । चर्चित पत्रकार किशोर श्रेष्ठ पक्राउ गरेका छन् । साइबर ब्यूरोको टोलीले उनलाई छलफलको लागि भन्दै नियन्त्रणमा लिएको हो ।
उनलाई पक्राउ गर्न प्रहरी श्रेष्ठको घरमा नै पुगेको थियो ।
यसअघि पनि श्रेष्ठ पक्राउ परेका थिए । सोही बेलामा उनको चौतर्फी समर्थन र बिरोध एकसाथ देखिन सुरु गरेको थियो । यद्यपी सर्वोच्चको आदेश पनि उनी रिहा भएका थिए ।
पछिल्लो समय पनि केही प्रमाणीत विषय वस्तहरु आफूहरुले सदा झै हात पारेको भन्दै उनी लगायत उनको टीम जोडबलका साथ कतिपय जोखिमपूर्ण सूचनाहरु प्रवाहमा होम्मिएको अवस्था थियो ।


