
आगामी तीन दिन धान नकाट्न मौसम विज्ञान विभागको आग्रह
काठमाडौं । मौसम विज्ञान विभागका अनुसार आज असोज २१ देखि पर्सी २३ गतेसम्म देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
विभागले मधेस प्रदेश बाहेकका क्षेत्रमा धानबाली काट्न तयारी अवस्थामा रहेका किसानलाई आगामी तीन दिनसम्म धान नकाट्न विशेष अनुरोध गरेको छ भने खोला तथा खहरेहरूमा आकस्मिक बाढी आउन सक्ने जोखिमप्रति सचेत गराएको छ। साथै, यी तीनै दिन दिउँसोको समयमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।


