

नेशनल लाईफ इन्स्योरेन्सको सौराहमा लिडर्स नाईट कार्यक्रम भव्यताका साथ सम्पन्न




काठमाडौं । जीवन बीमा क्षेत्रमा आफ्नो पुरानो र महत्वपूर्ण छवि स्थापित गर्न सफल कम्पनी नेशनल लाईफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुका लागि ‘लिडर्स नाईट वीथ भुषण दाहाल’ कार्यक्रम चितवन सौराहा स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ ।
सोही कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८१ साउन महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई गैंडाकोट स्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराउने तथा नेपालको चर्चित बरिष्ठ पत्रकार भुषण दाहालसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो।
यता, कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा सहित प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब २२५ जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाए।
सोही कार्यक्रमका प्रमुख अतिथी भुषण दाहालज्यूले सहभागि अभिकर्ताहरुलाई नेतृत्वको बारेमा विशेष प्रशिक्षण प्रदान गरे भने उनले नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्नका लागि जहिले पनि प्रश्न होईन हजारौ प्रश्नको जवाफ दिने आँट र साहास बोकेर बस्न सक्नु पर्ने धारणा व्यक्त गरेका हुन् ।