
हिमालयन लाइफले बिक्रीमा राख्यो ४ लाख ५६ हजार कित्ता शेयर



काठमाडौं । बिग मर्जरबाट स्थापित बीमा क्षेत्रको ब्राण्डेड कम्पनी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरको बिक्री खुला गरेको छ । सो शेयर संस्थापक शेयरधनीहरूको नाममा रहेको चार लाख ५६ हजार ५ सय ३३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो ।
हाल सो शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । सो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको कानून विभागमा निवेदन दिने व्यवस्था छ।
साथै, तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट उक्त शेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधारण व्यक्ति वा संघसंस्थामा बिक्री खुला गरिने हिमालयन लाइफ इन्स्योरेन्सले जानकारी दिएको छ ।

