
सेयर बजारमा ४ अंकको गिरावट, कारोबार साढे ४ अर्ब माथि
काठमाडौं । यो हप्ताको सुरुदेखि नै घटिरहेको सेयर बजार बुधबार पनि घटेर कारोबार भएको छ । अघिल्लो दिन एकल अंकले घटेको बजार आज पनि एकल अंकले नै घटेर बन्द भएको हो ।
बुधबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १५७ कम्पनीको सेयर मूल्य घटेको छ भने १०९ कम्पनीको बढेको छ । आज १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटि भइन्डेक्स पनि २.०२ अंकले घटेर ४६४.६३ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य घटेको छ भने ३ वटाको बढेको छ । परिसूचक घटेको दिन साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज ३५२ कम्पनीका १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर ४७ हजार ९०० पटक खरिद बिक्री हुँदा ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार ८८५ रुपैयाँको कारोबार भएको छ ।


