
कालिका पावरको बोनस सेयर नेप्सेमा सूचीकृत, ६ लाख ५३ हजार कित्ता थप
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गरेको ७ प्रतिशत बोनसबापतको ६ लाख ५३ हजार ७६४.६५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।


