
इस्टर्न हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, बोलायो साधारण सभा
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशनको विशेष प्रस्ताव गर्दै साधारण सभा बोलाएको छ। कम्पनीले असोज २९ गते, बिहीबार होटल हार्दिक, बागबजार, काठमाडौंमा दशौं वार्षिक साधारण सभा बोलाएको हो।
सभाले कम्पनीको हाल कायम चुक्तापुँजीको १ः०.८७१ अनुपातमा अर्थात ८७.१० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले कम्पनीको रजिस्टर्ड कार्यालय रहेको ठेगाना परिवर्तन हुने हुँदा नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सोही सभाले गत आर्थिक वर्ष २०८२।८३ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ। सभा प्रयोजनका लागि कम्पनीले असोज २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।


