
धितोसुरक्षणको बीमा : प्राथमिकतामा परेनौं-लघु बीमक, औपचारिक रुपमा आउँनुस्-सम्बन्धित बैंक
काठमाडौं । पछिल्लो समय नेपाली बीमा बजारमा एउटा विषय निकै चर्चामा छ । त्यस्तो चर्चा बाहिर ढोल पिटाएर नभई बीमा कम्पनीहरुको व्यवसायीक सक्षमता र असक्षमतासम्म जोडिन् पुगेको खुलेको हो ।
यही समयमा साना कम्पनीका रुपमा लाइसेन्स पाएका अधिकांश लघु बीमकहरु यति बेला रुष्ट देखिएका छन् । उनीहरु रुष्ट बन्नुको कारण उनीहरुले बैंकसँग धितो सुरक्षणको बीमामा स्पष्ट नीति माग गरेका हुन् ।
हालसम्म पुराना र ठूूला बीमा कम्पनीहरुलाई बैंकहरुले प्राथमिकतामा राख्ने पत्राचार गर्ने भए पनि एउटा सामान्य कम्पनीको व्यहार समेत आफूहरुलाई नगरिएको उनीहरु गुनासो गर्छन् । त्यसरी साना कम्पनीहरुले गुनासो गर्नुको पछाडी ठूला बीमा कम्पनी र केही निश्चित बैंकहरुको व्यवसायीक साझेदारी साँठगाठ जस्तै भएको उनीहरुको बुझाई छ । तर, पुराना कम्पनीहरुले अपनाएको शैली आफूूले माग गर्नु र त्यो हात पार्न नसक्दा ठूला कम्पनीकै सर्वस्व चल्ने भए नयाँ उदीयमान कम्पनीहरुको अपरिहार्यता ओझेलमा पर्ने पनि लघु बीमक सुनाउँछन् । यस्तो बेलामा लघु बीमले ठूला कम्पनीले गरेका कार्यशैलीमा प्रश्न उठाउने भन्दा पनि अझै नयाँ माथि नयाँ उत्पादन बजारमा ल्याएर न्यून आय भएका नागरिकहरुको हितमा हमेसा केन्द्रित हुनु पर्ने देखिन्छ ।
यद्यपी उनीहरु तत्कालै यो सबै मान्न तयार देखिदैनन् । त्यसको लागि लघु बीमक एक्लै दोषी वा जिम्मेवार नहुन पनि सक्छन् ।
बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स
ठीक यस्तै व्यवसायीक रुपमा केही लघु बीमकले आफूहरुले पाउने व्यवसायमा समेत लुँछाचुँडी सुरु भएको र लघु बीमाको सुन्दर पक्ष त्यो अलग भई विगतमा ठूला कम्पनीले समेट्न नसकेका ठाउँमा पुग्नु हो भन्ने विश्लेषण पनि भएकै छ । अहिले केही बैंकहरुले ठूला तथा पुराना कम्पनीहरुलाई व्यवसायको लागि कानुनी रुपमा नै साझेरी गर्दै आएको स्वीकार गर्छन् । उनीहरुले लघु बीमकलाई केही काखापाखा गरिएको हो कि भन्ने प्रश्नमा लघु बीमाका सन्दर्भ, सवालहरु कहिकतैबाट आक्कल झुक्कल आए पनि उनीहरु नयाँ व्यसायीक मोडेल बोकेर साझेदारीको प्रयास कहिल्यै नगरेको खुलेको हो । केही पुराना र ठूला बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओले लघु बीमकले धितो सुरक्षणको बीमाका लागि औपचारिक पस्ताव पेश नगरेको बताएका छन् ।
बैंकबाट त्यस्तो प्रतिक्रीया आएको बेलामा लघु बीमकहरु भने व्यवसायीक साझेदारीमा कि त पुराना कम्पनी सरह व्यवहार गर्ने वा लघु बीमाको व्यवसायीक प्रकृतिलाई थप स्पष्ट पारेर ठूला कम्पनीसँग नजोडिने हिसाबले काम गर्न तयार रहेको बुझिएको छ ।
यसले नेपाली बीमा बजारमा हिजो दिनमा कतिपय बीमा कम्पनीका ठूला संग संगठनबाटै लघु बीमक र ठूला बीमकहरु साथी साथी हुन भन्ने अवधारणा प्रचार भए पनि अहिले त्यस्तो देखिएाको छैन । अर्कातर्फ लघु बीमक र ठूला बीमकहरु कतिपय हिसाबले भिन्दै हुन भन्दा कतिपय अवस्थामा त्यो पनि स्पष्ट नभएको देखिन्छ । अब जम्मा २ मध्ये एक विषयमा सम्बन्धित नियामक समेत चनाखो देखिनुपर्ने भएको छ । कि त लघु बीमक ठूला बीमकका सानो रुप हुन भन्नेमा स्पष्टता ल्याउनु पर्यो । होइन भने, कि त लघु बीमक र ठूला बीमकको व्यवसायीक भिन्नता छुट्याउनुु पर्यो ।
यदी यस्तो कदम चाल्न नियामकले कन्जुसईं गर्ने हो भने ढिलो चाडो कि लघु बीमकले हामी ठूला कम्पनी हौं भन्ने दिन आउँछ ।
कि त लघु बीमकको नामो निशाना मेटिने पक्का छ ।
कि त फेरी यही कम्पनीहरु हाम्रो पूँजी थप्नु पर्यो दायरा सानो भयो भनेर नियामकको ढोका ढक्कक्ढाउने छन् ।
अझ डरलाग्दो खतरा त केही ठूला कम्पनीले लघु बीमा नै हामीले नै धानेको, अब हामीलाई पनि लघु बीमकको छुट्टै दायरा खोल्नु होस् भन्ने दिन आउँछ ।
भनाईको मतलब बीमा बजारमा देखिएका यस्ता अन्योलता र त्यसमा जिम्मा लिने होकि, जस दिने हो कि, सम्बन्धित ठूला साना कम्पनीलाई एक ठाउँमा वा छुट्टा छुट्टै राखेर नियामकले समेत बीमा बजार कता जाँदैछ भन्ने खोजी गर्नु पर्ने देखिएको छ ।
लघु बीमक र ठूला बीमकलाई कि त कडा प्रतिस्पर्धामा जुधाईदेखाउ, होइन भने उनीहरुको गरिखाने भाडो एक अर्कामा ठोक्किने बन्ने नबनाई देउ । विगतमा कतिपय कुरामा ध्यान नपुगेको भए अब त्यसलाई सुर्धान नियामक लाग्नु पर्ने लघु बीमक, ठूला बीमक र केही बैंकहरुको स साना कारोबारबाटै प्रस्ट हुन थालेको छ ।
बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स


