
२१ प्रतिशतले बढ्यो ओरिएन्टल इन्स्योरेन्सको व्यापार, खुद बीमाशुल्क आर्जन साढे ३१ करोड
काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन असोज) नसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोजसम्म कम्पनी ३२ करोड ६० लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को यस अवधिमा पनि कम्पनीले २८ करोड ४८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।
चालु वर्षको असोजसम्म कम्पनीले ५२ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४३ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन २१ दशमलव २२ प्रतिशतले बढेको हो ।
कम्पनीले समीक्षा अवधिसम्म ३१ करोड ५५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले २८ करोड ८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २१ दशमलव ३४ प्रतिशतले बढेको छ।
कम्पनीको समीक्षा अवधिमा सेयर प्रिमियममा १ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ रहेको छ । महाविपत्ति कोष २९ करोड ८३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ २९ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अन्य इक्विटीमा ९२ करोड ९५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म शेयर प्रिमियममा १ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ, रहेको थियो । चालु आर्थिक वर्षको असोजसम्म कम्पनीको पुनर्बीमा मार्फत २१ करोड ३८ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १५ करोड ५८ लाख रुपैयाँ खर्चिएको थियो ।


