
एसियन गेम्स क्रिकेट: अफगानिस्तानविरुद्ध नेपाललाई १०३ रनको सहज लक्ष्य
काठमाडौं । एसियन गेम्स अन्तर्गत पुरुष टी-२० क्रिकेट प्रतियोगितामा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिद्वन्द्वी अफगानिस्तानलाई १०२ रनमै रोक्न सफल भएका छन्। नेपाली स्पिनरहरूको उत्कृष्ट बलिङ सामु अफगानिस्तानको ब्याटिङ लाइनअप धराशायी बन्न पुगेको हो।
जापानको कोरोगी स्पोर्ट्स पार्कमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १०२ रन मात्र बनाउन सक्यो।
नेपालका लागि अलराउन्डर कुशल भुर्तेलले सर्वाधिक ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए। त्यसैगरी देब्रेहाते स्पिनर ललित राजवंशीले कसिलो बलिङ गर्दै ४ ओभरमा १३ रन दिएर ३ महत्वपूर्ण विकेट लिए। दिपेन्द्र सिंह ऐरी र अन्य बलरहरूले पनि अफगानिस्तानका ब्याटरहरूलाई दबाबमा राखेका थिए।
१०३ रनको सामान्य विजयी लक्ष्य पछ्याउँदै नेपाल अहिले जवाफी ब्याटिङ गरने छ।


