
अब अपाङ्गता भएका व्यक्तिले इसेवा र सिटिजन्स बैंकको ‘स्वावलम्बन कर्जा’ मा वित्तीय पहुँच पाउँने
काठमाडौं । भुक्तानी सेवा प्रदायकमा अग्रणी रहदै आएको इसेवा र यता अर्गानिक ग्रोथ गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूलाई ‘स्वावलम्बन कर्जा’ आरम्भ गरिएको छ । त्यस्तो कर्जा डिजिटल कर्जा सुविधा रहेको बैंकले जनाएको हो ।
राजधानीको भिभान्तामा आयोजित समारोहमा सो सेवा सार्वजनिक गर्दै बैंकले विगतका परम्परागत कर्जा प्रक्रियाका लामो झन्झट, कागजी झमेला अब अन्त्य हुने विश्वास लिएको छ । मुख्य गरी सो सुविधा अपाङ्गता भएका व्यक्तिहरू लक्षित भएको र भुक्तानी सेवा प्रदायक इसेवा एपबाट ‘स्वावलम्बन कर्जा’ मा जान सकिने बताइएको छ।
अहिले सार्वजनिक गरिएको नयाँ व्यवस्थामा ग्राहकले कम्तीमा १० हजारदेखि बढीमा २ लाख रुपैयाँसम्मको कर्जा लिन मिल्नेछ । त्यस्तो कर्जाको ब्याज वर्षमा ९.९९ प्रतिशत र प्रशोधन शुल्क ०.७५ प्रतिशत तोकिएको छ ।
यता, कर्जा प्राप्त गर्नका ग्राहकले इसेवा खाता केवाईसी प्रमाणित भएकोदेखि नेपाल सरकारबाट जारी अपाङ्गता परिचयपत्र भएको तथा ग्राहकले ६ महिनादेखि इसेवा प्रयोग गर्दै आएकोदेखि आर्थिक आम्दानीका पाटा समेत केही समेटीएका छन्।
नयाँ प्रोडक्टको शुभारम्भ गर्ने क्रममा यता इसेवाका सीईओ जगदीश खड्काले प्रविधिको उच्चतम प्रयोग गरी अपाङ्गता भएका व्यक्तिहरूका लागि कर्जा पहुँच सहज बनाउने आफ्नो लक्ष्य रहेको बताए ।
उनले व्यत्तीको शारीरिक अवस्थाका कारण मात्रै पनि वित्तीय पहुँचबाट टाढा हुन नहुने बताए
साथै, सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत रोशन मानन्धरले पनि शारिरिक अपाङ्गता भएका ग्राहकलाई वित्तीय पहुँचमा जोड्ने अभियान एउटा जागरण भएको उल्लेख गरे ।
सोही समारोहमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, विकास साझेदार संस्था, सञ्चारकर्मीले सहभागीता जनाए । ‘स्वावलम्बन कर्जा’ सम्बन्धी जानकारी दिँदै सोही कार्यक्रममा महत्वपूर्ण वृत्तचित्र समेत देखाइएको थियो ।


