
सनुचाँदीको मूल्यमा वृद्धि, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य १०० रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख २ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख २ हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर तोलाको ४ हजार ८१५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ७७५ रुपैयाँ रहेको थियो ।

