
लिबर्टी माइक्रो लाइफको विशेष साधारण सभा बस्दै, आईपीओ जारी हुने



काठमाडौं । लघु बीमा कम्पनी लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले साधरणसभा गर्ने भएको छ । कम्पनीले गत साउन १४ गते बसेको सञ्चालक समितिको बैठकबाट यही साउन ३१ गते विशेष साधारणसभा एसजीएम डाकेको हो ।
सोही सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ भने आईपीओ निष्कासनपछि जम्मा हुने पूँजीको उपयोग गर्नेसम्बन्धी अर्को विशेष प्रस्ताव पनि पारित गर्ने तयारी भएको छ ।
त्यस्तै, सभाले आईपीओ निष्कासनका लागि आवश्यक पर्ने कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने कम्पनीले सूचना जारी गर्दै जानकारी दिएको हो।

