
प्रसूतिको बेला तलबी बिदा हुने, आमालाई ६ महिना हुँदा बुबाको ४२ दिन
काठमाडौं । आमा र बुवाले प्रसूतिको बेलामा पाउने बिदालाई थप स्पष्ट परिने भएको छ । सरकारले नयाँ प्रस्ताव अघि बढाउँदै त्यस्तो व्यवस्था गर्न लागेको हो ।
अब बुवाले ४२ दिन बिदा पाउँने भएको बेलामा आमालाई ६ महिना तोकिएको छ ।
त्यसरी बिदा पाएका दम्पतीमा दुबै जनाको तलब समेत नकाटिने भएको हो ।
यता, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेकी सोविता गौतमको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार भएको विधेयकबाट नयाँ प्रावधान अघि सारिएको जनाइएको हो ।

