
सर्वोच्च अदालतको एक विभागमा आगलागी
काठमाडौं । सर्वोच्च अदालतको एक विभागमा आगलागी भएको छ । अदालतको मुद्दा फाँटमा रातिको समयमा आगलागी भएको हो ।
त्यसरी आगो लाग्नुको कारण भने विद्युत् सर्ट भएकाले नै हो भन्ने बुझिएको छ। यता, आगलागीबाट सोही मुद्दा फाँटका फर्निचर र केही थान कम्पूटरमा प्रभाव परेको छ ।
हिजो लागेको आगोको बारेमा आज मात्रै जानकारी पाइएको अवस्था छ । बन्द कोठामा आगो लागेकाले केही ढिला थाहाँ पाइएको बताइएको हो ।

