
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ९०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलाको ४ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ६२० रुपैयाँ रहेको थियो ।


