
श्रीलङ्काका राजदूत र परराष्ट्रमन्त्री खनाको शिष्टाचार भेट, बाढी प्रभावितका लागि १० लाख अमेरिकी डलर सहयोग

काठमाडौं । नेपालका लागि श्रीलङ्काकी राजदूत रुवन्थी देल्पितियाले आज दिउँसो परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेकी छन्।
भेटमा राजदूत देल्पितियाले बाढीपहिरोका कारण सिर्जित यो चुनौतीपूर्ण समयमा श्रीलङ्का सरकार र त्यहाँका जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनताप्रति समवेदना तथा सहानुभूति व्यक्त गरिन्।
सो क्रममा राजदूतले विनाशकारी बाढीपछि जारी मानवीय सहायता र राहत कार्यका लागि श्रीलङ्का सरकारका तर्फबाट १० लाख अमेरिकी डलर सहयोग हस्तान्तरण गरिन्।
भेटमा मन्त्री खनालले श्रीलङ्का सरकार र जनताले देखाएको ऐक्यबद्धता र सहयोगका लागि आभार व्यक्त गरे। उनले यो सहयोगले दुई देशबीचको मित्रता र आपसी सहयोगलाई देखाएको बताए।

