
प्रि ओपन सेसनमा करिब साढे १६ अंक बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १६ अंक बढेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात गत सोमबार १८.०७ अंक बढेर २५६०.८४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.२० अंक बढेर २५७७.०५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ५.८७ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ९८ स्टकको २८५ पटकको कारोबारमा १३ करोड ७४ लाख ५९ हजार ५४० रुपैयाँ २० पैसाबराबरको ५८ हजार १५१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २८ स्टकको मूल्य बढेको छ भने ४५ स्टकको मूल्य घटेको छ। बाँकी २५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

