
सुनचाँदीको मूल्यमा उच्च वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुन तोलाको ३ हजार ५०० रुपैयाँ र चाँदी १०० रुपैयाँले महंगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ लाख ५ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ पुगेको छ ।
त्यस्तै आज चाँदीको मूल्य १०० रुपैयाँले बढेर तोलाको ४ हजार ७९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ६९० रुपैयाँ रहेको थियो ।

