
रौतहटस्थित गरुडामा रहेको श्रीराम सुगर मिल्सको वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । श्रीराम सुगर मिल्स लिमिटेडको असार ११ मा बसेको संचालक समितिको बैठकको निर्णय अनुसार साधारण सभा सम्पन्न भएको छ । कम्पनीले अर्पण बैंकट नयाँ बानेश्वरमामा सभा सम्पन्न भएको हो ।
सभामा आव २०७६।७७, २०७७।७८, २०७८।८९, २०७९।८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरिक्षण गरिएको आव २०७६।७७, २०७७।७८, २०७८।७९, २०७९।८० को वासलात सोही आवको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित भएको छ ।
आगामी कार्यकालको लागि संचालकहरुको निर्वाचन गरी संचालक समिति गठन गर्ने तथा संचालक समितिले गरेको काम कारबाहीहरुको अनुमोदन गरेको छ ।

