
विन नेपाल र स्वरोजगार लघुवित्तले भोलिदेखि एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं । विन नेपाल लघुवित्त र स्वरोजगार लाघुवित्तको एकीकृत कारोबार सोमबारदेखि सुरु भएको छ । यी दुई कम्पनी मर्जपछि सोबारदेखि एकीकृत कारोबार सुरु हुने भएको हो ।
‘घ’ वर्गको इजाजतपत्र प्राप्त स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्ने क्रममा आवश्यक सबै कानुनी तथा नियामकीय प्रक्रिया पूरा गरेको जनाएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रक्रिया सम्पन्न गर्नुका साथै नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयबाट आवश्यक अन्तिम स्वीकृति लिएपछि प्राप्तिको प्रक्रिया टुंगिएको हो ।
विन नेपाललाई प्राप्ति गरेपछि उक्त संस्थासँग सम्बन्धित सम्पूर्ण सम्पत्ति, दायित्व तथा भविष्यमा देखिन सक्ने सम्भावित दायित्वको जिम्मेवारी स्वरोजगार लघुवित्तले वहन गर्नेछ । यही आधारमा दुवै संस्थालाई समेटेर आजदेखि एकीकृत कारोबार अघि बढाइनेछ ।
एकीकृत कारोबार सुरु गर्नुअघि दुवै संस्थाका सम्पूर्ण बैंकिङ सेवा आज एक दिनका लागि बन्द रहनेछन् । त्यसपछि भने ग्राहकले स्वरोजगार लघुवित्तमार्फत नियमित बैंकिङ तथा वित्तीय सेवा लिन सक्नेछन् । प्राप्तिपछि संस्थाको नाम भने ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ नै कायम रहनेछ। एकीकृत संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ मा रहनेछ ।

