
तास्मानियासँग नेपाल ‘ए’ पराजित

काठमाडौं । नेपाल ‘ए’ ले एकदीवसीय खेलमा तास्मानियाले नेपाललाई २ विकेटले हराएको छ। जितको लागि १ सय ९३ रनको चुनौती तास्मानियाले ४९ ओभर २ बलमा २ विकेटको नोक्सानीमा पूरा गर्यो।
४ रन जोड्दा ओपनर एन स्यामुयललाई तास्मानियाले गुमायो। लगतै टी वार्ड पनि १२ रनमा आउट भए। दोस्रो विकेटको नोक्सानीमा तास्मानियाले १९ रन बानएको थियो। यसपछि टी डायर र प्रेस्टविजले तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गरे। प्रेस्टविज २३ रनमा आउट हुँदा डायर क्रिजमा टिके। उनले अर्धशतक बनाए। ७८ बल खेल्दै डायरले ६ चौका र १ छक्का सहित ६० रनको पारी खेले। जसले तास्मानियाको जितलाई सहज बनायो।
यस्तै म्याक मिलानले ३२ रन बनाउँदा ग्यालियोटीले २३ रन जोडे। यसपछि कुनेम्यान अविजित २३ रनमा रहँदै टीमलाई जित दिलाए। बलिङमा साहब अलाम र दीपक डुम्रेले समान २ विकेट लिए। यसअघि अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ विरूद्ध टस जितेर तास्मानियले पहिले फिल्डिङ रोज्यो। नेपाल ‘ए’ ले ४३ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ९२ रनको योगफल तयार पार्यो।मयान यादव र त्रितराज दासले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरे।
मयान ३२ रनमा आउट भए। यसपछि ठुलो साझेदारी बन्न च भने नेपालले निरन्तर अन्तरालमा विकेट गुमायो। त्रितराजले ३७ रन जोडे। उनी नै नेपालको लागु सर्वाधिक रन जोड्ने खेलाडी बने।
कुशल मल्लले २९ रन, पवन सराफले २२ रन, दीपक डुम्रेले १८ रन, कुशल भुर्तेलले १२ रन तथा लोकेश बम र अनिल कुमार साहले समान ११ रन बनाए। बलिङमा स्टानलेकले १० ओभर बलिङ गर्दै २ मेडन सहित मात्र २१ रन दिएर ४ विकेट लिए। उनले अष्ट्रेलियाको लागि ८ ओडिआई र १९ टी-ट्वान्टी आई खेलिसकेका छन्। प्रेस्टविज र म्याकमिलानले २/२ विकेट लिए। अब नेपालले शुक्रबार साउथ अष्ट्रेलियासँग खेल्नेछ।

