
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । ग्लोबक आइएमई बैंकले आफ्ना सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले चुक्ता पुँजीको कर सहित १० प्रतिशत लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ । सोमध्ये ६ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । बैंकले अब उक्त निर्णय स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्नेछ र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएलगत्तै वार्षिक साधारणसभा आह्वान गरी पारितका लागि लैजानेछ । साधारणसभाबाट लाभांश पारित भएपछि शेयरधनीहरूमा उक्त लाभांश वितरण हुनेछ ।

