
सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ८ हजार ८०० रुपैयाँ र चाँदी १८५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ९७ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको भूल्य ३ लाख ६ हजार १०० रुपैयाँ पुगेको छ ।
आज चाँदीको मूल्य १८५ रुपैयाँले घटेर ४ हजार ५८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ७६५ रुपैयाँ रहेको थियो ।

