
भोटेकोशी बाढीपीडितका लागि साहस ऊर्जाको १ करोड ५१ लाख सहयोग

काठमाडौं । साहस ऊर्जा लिमिटेडले भोटेकोसी बाढीबाट प्रभावित नागरिकका लागि १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका अध्यक्ष हिमप्रसाद पाठकका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
साहस ऊर्जाले हाल ८६ मेगावाटको सोलु दूधकोसी र ५ मेगावाटको हुग्दीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । साथै, कम्पनीले ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

