
आइसीएफसी फाइनान्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । आइसीएफसी फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैठकले १०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट गत असार मसान्तसम्म कायम रहेको चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँको १०.५२६३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।
यसअनुसार १२ करोड ४५ लाख ७५ हजार ७०३ रुपैयाँ लाभांश बापत सेयरधनीहरूमा वितरण हुनेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब बस्ने वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीहरूमा वितरण हुनेछ ।

