
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ५०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ६ हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर तोलाको ४ हजार ७६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ७८० रुपैयाँ रहेको थियो ।

