
प्रभु महालक्ष्मी लाइफले कञ्चनपुरमा प्रदान गर्यो दाबी भुक्तानी



काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा बापतको दावी भुक्तानी प्रदान गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित स्वर्गिय बीमित कोकिला खातीको देहावसनपछि सो रकम प्रदान गरिएको हो ।
बीमितको मृत्युपश्चात हकवालाले पाँच लाख ४५ हजार रुपैयाँ रकम दावी भुक्तानी बापत पाएका हुन् । सो जानकारी प्रभु महालक्ष्मी लाइफ महेन्द्रनगर कार्यालयका प्रमुख लक्ष्मी भट्ट थापाले दिइन।
मानव जीवनमा बीमाको एकदमै धेरै आवश्यकता हुने गर्दछ, जस अनुसार हामीले प्रत्यक्ष रुपमा मृत्यु भएका बिमितलाई दावी भुक्तानी प्रदान गरेको छौँ भन्दै प्रमुख लक्ष्मी भट्ट थापाले अन्य आम नागरिकलाई समेत बीमा गर्न सुझाव दिने जानकारी दिँदै आकस्मिक जीवन घटना जस्ता कुराहरुमा बीमाले प्रत्यक्ष सहयोग गर्ने बताईन ।
सो दावी भुक्तानीको क्रममा वेतकोट नगरपालिका–३ का वडाध्यक्ष मोहन गुरधामी सँगै कम्पनीको तर्फबाट हरिश अवस्थी, हरिश जोशी, वरिष्ठ एजेन्सी म्यानेजर राजेन्द्र प्रसाद बोगटी लगायतका व्यक्तिको उपस्थिति देखिन्थ्यो ।

