
सन्दीपले लिए ५ विकेट, बहराइन ८७ रनमा अलआउट

काठमाडौं । कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएपछि एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ८७ रनमा अलआउट गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भएको हो ।
सन्दीपले १० ओभरमा १४ रन मात्र खर्चेर ५ विकेट लिए । ललित राजवंशीले ३, करण केसीले २ विकेट लिए । बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए । मुहम्मद वासिमले १३ तथा अली दाउदले १० रन बनाए ।

