
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको २ हजार ७०० रुपैयाँ र चाँदी १६० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ४ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १६० रुपैयाँले घटेर तोलाको ४ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ७५५ रुपैयाँमा कारोबार भएको थियो ।

