
कालिका लघुवित्तले माग्यो डीसीईओ

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) माग गरेको छ । कम्पनीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।
यसका लागि कुनै पनि विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थामा न्यूनतम ३ वर्ष वरिष्ठ प्रबन्धक पदमा कार्य गरेको वा स्नातक वा सो सरहको उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थामा न्यूनतम ५ वर्ष वरिष्ठ प्रबन्धक पदमा काम गरेको हुनु् पर्नेछ । उमेरको हदमा दरखास्त दिने अन्तिम दिनसम्म ३५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनु पर्नेछ भने महिलाको हकमा ५० वर्ष ननाघेको हुनु पर्नेछ । तर कम्पनीको बहालवाला कर्मचारीलाई भने उमेर हद लाग्ने छैन ।
तोकिएको योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात सहित भदौ १७ गतेभित्र पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालय वा इमेल ठेगानामा दरखास्त फाराम पठाउनु पर्नेछ ।

