
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन अघिल्लै दिनको मूल्यमा कारोबार भएको छ भने चाँदी १५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुनको मूल्य ३ लाख ६ हजार ८०० रुपैयाँ नै रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर तोलाको ४ हजार ७५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ७७० रुपैयाँ रहेको थियो ।

