

भुक्तानी सेवा प्रदायकमा अब्बल दर्जाको छवि स्थापित गर्न सफल ब्राण्ड इसेवाको १२ औ सभा सम्पन्न




काठमाडौं । नेपालमा भुक्तानी सेवा प्रदायकमा आफूलाई स्थापित र सफल ब्राण्डको रुपमा उभ्याउँन सफल डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले आर्थिक वर्ष २०८०/८१ को १२ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सो साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूउपर छलफल गरी पारित गर्ने र नगद लाभांस वितरण गर्ने सम्बन्धमा समेत छलफल भएको थियो ।
सो कार्यक्रममा इसेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्री, कार्यकारी प्रमुख अधिकृत जगदीश खड्का, तथा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरुले उपस्थिति जनाएका थिए ।
सो कार्यक्रममा बोल्दै इसेवाका कार्यकारी प्रमुख जगदीश खड्काले नेपालमा नै पहिलोपटक प्रयोगकर्ताद्वारा निर्देशनअनुसार सिमित विद्युतीय कारोबार गर्न सक्ने एआई च्याबिोट ईभीएका साथै एजेन्ट लोन दिने सेवाबाट सुरु भएको नयाँ आयामको बारेमा बताए ।
आगामी दिनहरुमा बचत र लगानी जस्ता नवीनतम सेवाहरु पनि ल्याएर आफ्ना ग्राहकको हित र सहज वित्तीय व्यावस्थापनको लागि कार्यारत रहने कुरा पनि प्रमुख कार्यकारी अधिकृत खड्काले सोही कार्यक्रममा प्रष्ट पारेका छन् ।
सबल कम्पनीको छवि बनाएको इसेवाले मोबाइल टपअपबाट सेवा सुरु गरेको हाल आएर इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लूबुक नविकरण, इन्सोरेन्स लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानीसँगै इजी लोन, इ स्पिकर, मर्चेन्ट लिङक जस्ता सुविधाहरुको पनि थालनी गरेको छ ।
इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार छन् भने हालको समयमा १ करोड ३० लाखभन्दा बढी इसेवा प्रयोगकर्ता र करिब २ लाख ८० हजार एजेन्टहरु रहेको कार्यक्रममा जानकारी दिइयो ।
नेपाली समाजमा डिजिटलाइजेसनको यात्रामा ई सेवा जोडिदा भर्खर भर्खर एन्ड्रोइड फोन नेपाली समाज अभ्यस्त हुँदै गरेको बेला थियो । कम्पनीका अनुसार हात हातमा बिजुलिका बिल बोकेर हिड्ने ग्राहकदेखि, फिल्म हलको होस् कि हवाई जहाजका टिकट काट्न लाइन बस्नु भन्दा इ सेवा चलाउँने कुरा स्थापित गर्नेसम्मको सफलता ई सेवाको जिवित इतिहास जस्तै देखिन्छ । यद्यपी नेपाली समाजमा धेरै जनाको विश्वास जित्न सफल भएका कारण पनि सो ब्राण्डले आगामी दिनमा थप नयाँ रणनीतिका साथ आफूहरु अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।