
एनएलजी इन्स्योरेन्स र चिरायू अस्पताल बिच क्यासलेस बीमा सेवा सम्बन्धि सम्झौता

काठमाडौं । निर्जीवन बीमा क्षेत्रमा अगार्निक ग्रोथ गरि रहेको एक सबल कम्पनी एनएलजी इन्स्योरेन्स र बसुन्धारा, रिंगरोड छेउमा अवस्थित चिरायू अस्पताल बिच सम्झौता भएको छ । बीमा कम्पनीका अनुसार पोलिसी होल्डहरुले अब उक्त अस्पतालमा क्यासलेस सुविधा लिन सक्ने जनाइएको हो ।
बीमा क्षेत्रमा आफ्नो छुट्टै छवि स्थापित गर्न सफल एक निर्जीवन बीमा कम्पनी र एक सफल स्वास्थ्य संस्थाले चालेको नयाँ सहकार्यले बीमित तथा बिरामी नागरिकहरु लाभांन्वित हुने अपेक्षा गरिएको छ ।
आज सोही अवसरमा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आफू स्वम् कार्यको थालनी गर्न अस्पताल परिसर पुगेका हुन् ।
सोही सम्झौता पछि एनइलजी इन्स्योरेन्सका चालेका कतिपय उदार एवम उदीयमान कदमहरु समेत चर्चा भएको अवस्था छ ।

