
कामना सेवा विकास बैंकको लाभाशं घोषणामा अग्रता, लगानीकर्ताले १५ प्रतिशत पाउने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आ व २०८२र८३ को संचित मुनाफाबाट लाभाशं घोषणा गरेको अवस्था छ ।
बैंकका अनुसार अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार मसान्त, २०८३ सम्म अनुपातिक रुपमा ९ प्रतिशत र साधारण शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभाशं कर समेत घोषणा गरिएको अवस्था छ।
सोही लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको २० औं वार्षिक साधारण सभाबाट पारित भए पछि शेयरधनीहरुले पाउने घोषणा भएको बेलामा बैंकले गएको वर्षमा बोनस शेयर र नगद लाभांश गरी जम्मा १५.७८९५ प्रतिशत दिएको स्मरण भएको छ।
साथै, बैंकको मिति २०८३ साउन २२ गते शुक्रबार दिनको ४ बजे बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठक डाकेको थियो । सोही ४ सय १९ औं बैठकबाट प्रस्ताव पारित हुँदै सो निर्णय बाहिरीएको कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ दिनेश थकाली सुनाएका छन् ।

