
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विहान ११:३० बजे बैठक आयोजना गर्न लागिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने बताइएको छ ।

