
महालक्ष्मी विकास बैंकको सधारण सभा सम्पन्न



काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो सधारण सभा सम्पन्न गरेको छ। सभा आज राजधानीस्थित एलिस रिसेप्सनमा सम्पन्न भएको हो ।
बैंकले वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ भने सोही २३ औं सभामा सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले अध्यक्षता ग्रहण गरेका थिए । सभाले २०८१ साल असार मसान्तको वासलात तथा आव २०८०र८१ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफारनोक्सान बाँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ।
साथै, महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७९।८० को तुलनामा आर्थिक वर्ष २०८०।८१ को अन्त्य समग्र वित्तीय परिसूचकहरूमा सकारात्मक परिवर्तन देखिएको जनाएको छ । आर्थिक वर्ष २०७९।८० मा रु। ३७.७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०।८१ मा खुद नाफा ५०.०३ करोड पुगेको जनाइएको छ।
त्यसरी नै आर्थिक वर्ष २०८०।८१ को अन्त्यमा प्रति सेयर आम्दानी १२, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, सेयर धनी कोषमा प्रतिफल ७.४२ प्रतिशत तथा लाभांश दर ७.०० प्रतिशत रहेको सोही साधारण सभामा जानकारी दिइएको हो।

