
सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति ?

काठमाडौं । नेपाली बाजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य ८०० र चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर ४ हजार ३५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ३२५ रुपैयाँ रहेको थियो ।

