
मेटलाइफ नेपालका ग्राहकहरुलाई अब २४ घण्टाभित्र बीमालेखका कागजात उपलब्ध

मेटलाइफ नेपालका ग्राहकहरुलाई अब २४ घण्टाभित्र बीमालेखका कागजात उपलब्ध — छिटो, सुरक्षित र सहज सेवा
- मेटलाइफ नेपालले ग्राहकलाई बीमालेखजारी भएको २४ घण्टाभित्र बीमालेख सम्बन्धि कागजात उपलब्ध गराउने सेवा सुरु गरेको छ।
- यो व्यवस्था १५ जुन २०२६ देखि कार्यान्वयनमा आएको हो।
- आवश्यक सम्पूर्ण विवरणहरु सहित आवेदन गरिएका भुक्तानी सम्पन्न बीमा आवेदनहरुमा यो सुविधा लागू गरिएको छ।
- ग्राहकले अब आफ्नो आवेदनमा उल्लेख -दर्ता_ गरिएको इमेल ठेगानामा बीमालेखको कागजात प्राप्त गर्न सक्नेछन्।
- हालसम्म ५३९ भन्दा बढी बीमालेखको कागजात डिजिटल माध्यममार्फत सफलतापूर्वक पठाइसकिएको छ।
- यस पहलले ग्राहकलाई आफ्नो बीमा विवरण छिटो, सहज र सुरक्षित रूपमा प्राप्त गर्न मद्दत गरेको छ।
- डिजिटल पोलिसी प्याकेजमा बीमाको] विवरण, स्वागत पत्र, लाभ सम्बन्धी विवरण तथा सर्तहरू समावेश छन् ।
- यस सेवाले बीमालेख सम्बन्धि कागजात वितरणको टर्नअराउन्ड समय उल्लेखनीय रूपमा घटाएको छ।
- यो पहलले मेटलाइफ नेपालको डिजिटल रूपान्तरण तथा ग्राहककेन्द्रित सेवा प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।
- कागजरहित प्रक्रियालाई प्रोत्साहित गर्दै यो कदमले पर्यावरणमैत्री र दिगो व्यवसायिक अभ्यासलाई समेत टेवा दिनेछ ।

