
सोपान फर्मास्युटिकल्सको सीईओमा राजिव शर्मा नियुक्त

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजिव कुमार शर्मा नियुक्त भएका छन् ।
कम्पनीको साउन १३ गते बुधबार साँझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सीईओमा राजीव कुमार शर्मालाई नियुक्त गर्ने निर्णय भएको हो ।

