
पुँजी बजारमा गिरावट, कारोबार रकम पनि खुम्चियो

काठमाडाैं । बिहिबार लगातार चौथो दिन पनि सेयर बजारमा गिरावट आएकाे छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.२९ अंकले घटेर २६ सय ८८ दशमलव ८८ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
आज १३ वटै उपसूचकहरु घटेका छन् । नेप्सेसँगै आज कारोबार रकम पनि खुम्चिएको छ। यसदिन ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैँया बराबरको कारोबार हुँदा कुल ७५ लाख ४८ हजार ५ सय ९१ कित्ता सेयर किनबेच भएका छन्।
आज बिहीबार ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०६ वटा कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थीर रहेको छ।

