
बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो ।
यससँगै आज सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यता,आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।

