
सेयर बजारमा दोहोरो अंकको वृद्धि, ४ अर्ब ६७ करोड माथिको कारोबार

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेर कारोबार भएको छ । अघिल्लो दिन घटेको बजार आज भने १४.१७ अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७२६.७२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.९८ अंकले बढेर ४७१.३० विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको मूल्य बढेको छ भने दुई वटाको घटेको छ ।
परिसूचक बढेको दिन बजारमा साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज ३३८ कम्पनीका १ करोड ५२ हजार ५०२ कित्ता सेयर ५७ हजार ५०३ पटक खरिद बिक्री हुँदा ४ अर्ब ६७ करोड ६१ लाख ३३ हजार ५४३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने एउटामा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

