
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा

काठमाडौं । इरानको इस्लामिक रिभोलुसन गार्ड कप्र्स (आइआरजिसी) ले तीन वटा तेल ट्याङ्करहरूलाई स्ट्रेट अफ होर्मुजबाट जानबाट रोकेको उल्लेख गर्दै यीनीहरु मध्ये एउटामा विस्फोट पछि आगलागी भएको जनाएको छ ।
अमेरिकी सेनाद्वारा उक्साइएको र प्रलोभनमा परेका तीन वटा तेल ट्याङ्करहरू स्ट्रेट अफ होर्मुजको दक्षिणमा राखिएको मार्गबाट गुज्रने प्रयास गरिरहेको अवस्थामा नियन्त्रण्मा लिएको जनाइएको छ । इरानी मिडियाले उद्धृत गरेको विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाले सम्झौता नमानेर धोका दिएको र इरानको सहमति बिना जलमार्ग क्रस गर्न चाहने कुनै पनि जहाजले यस्तै अवस्था भोग्नु पर्ने उल्लेख गरिएको छ ।
अमेरिकी क्षेप्यास्त्रहरूले पश्चिमी इरानको अहवाज, रामसिर र एन्डिमेस्क सहरहरू, दक्षिणी इरानको बुशेहर आणविक उर्जा संयन्त्र नजिकैको पावर स्टेसन नजिकका स्थानहरूमा प्रहार गरेको र इराकी सिमानामा रहेको शालमचेह सहरमा दुई जनाको मृत्यु भएको इरानी मिडियाले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस अघि संयुक्त राज्य अमेरिकाले पुल वा पावर प्लान्टहरुमा बम विस्पोट गरी नष्ट गर्ने बताएका थिए ।
सोहि विषयमा इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले सामाजिक सञ्जाल एक्स मार्फत इरानले आत्म रक्षा सिद्धान्त अपनाउने र आफ्नो पूर्वाधारसहित इरान विरुद्धको कुनै पनि आक्रमणको शक्तिशाली र निर्णायक जवाफ दिन बाध्य हुने बताएका थिए ।

