
नेपाल लाइफ नारायणगढ शाखाका मुक्तिनाथ काप्री एमडीआरटी २०२७ लाई छनोट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनील लिमिटेड नारायणगढ शाखाका मुक्तिनाथ काप्री एमडीआरटी २०२७ लाई छनोट भएका छन् । उनी लगातार सन् २०२० देखी लगातार एमडीआरटी भएका हुन् भने यता सन् २०२३ र सन् २०२६ मा सबैभन्दा धेरै बीमा शुल्क संकलन गरेपछि सीओटी समेत बनेका हुन् ।
उनी सन् २०२० देखि लगातार रुपमा एमडीआरटी बन्न सफल भइरहेका छन् भने काप्री २०२६ को नेपाल भरिकै सबै भन्दा धेरै बीमा शुल्क संकलन गरेर सीओटी बन्न समेत सफल भएको कम्पनीले जनाएको हो।
आर्थिक वर्ष ०८२/८३ को संपूर्ण target पूरा गर्दै उनी , एमडीआरटी qualified हुन सफल भएका हुन् । ‘नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा मसँगै जोडिनुभएका सम्पूर्ण आदरणीय विमितज्यूहरू, मेरो आत्मिय साथीभाई , आफ्तहरू , शुभेच्छुकहरू तथा सहयोगी महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। हजुरहरूको अमूल्य विश्वास, माया र निरन्तर साथले नै मलाई अझ जिम्मेवार र उत्साहित बनाएको छ,’ उनले भने।
त्यसैगरी, उनले नेपाल लाइफ नारायणगढ़ शाखाका शाखा प्रमुख प्रदेश प्रमुख सपूत चन्द्र खनाल, शाखाका सम्पूर्ण कर्मचारी केन्द्रीय कार्यालयका बिजनेस हेड, अन्डरराइटिङ विभाग प्रमुख, नेशनल सेल्स हेड तथा आदरणीय प्रमुख कार्यकारी अधिकृतबाट प्राप्त निरन्तर मार्गदर्शन, समन्वय र सहयोगप्रति आभार व्यक्त गरेका छन् ।
आगामी आर्थिक वर्षमा पनि यही आत्मीयता, समन्वय, विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउँदै अझ उत्कृष्ट नतिजा हासिल गर्ने दृढ संकल्पका साथ यहाँहरू सबैको निरन्तर साथ, सहयोग र शुभेच्छाको अपेक्षा गरेकाे उनले बताए ।

