
लिवर्टी र प्रोटेक्टिभ माइक्रो लाइफका अध्यक्ष लिए शपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष पुण्य प्रसाद पराजुलीलाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।
यसैगरी, अध्यक्ष पौडेलले आजै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष बेगम के.सी.लाई पनि पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरू उपस्थित रहेको थियो ।

